सिजनको अन्तिम खेलमा राजस्थानको जित: आज मुम्बई र दिल्लीको हाईभोल्टेज भिडन्त, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ जेष्ठ २०८२, बुधबार
2 Min Read
Aa
Vaibhav Suryavanshi and Sanju Samson of Rajasthan Royals during match 62 of the Indian Premier League season 18 (IPL 2025) between Chennai Super Kings and Rajasthan Royals held at the Arun Jaitley Stadium, Delhi on the 20th May 2025 Photo by Deepak Malik / Sportzpics for IPL

काठमाडौं – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनको अन्तिम खेललाई सुखद् बनाएको छ । गएराति महेन्द्र सिंह धोनीको टोली चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै राजस्थानले आईपीएल यो सिजनको सुखद् अन्त्य गरेको हो ।

यो हारसँगै आईपीएल २०२५ को अंकतालिकामा चेन्नई पुछारमा नै रहने सम्भावना बलियो भएको छ । मंगलबार भएको पुछारका दुई टोली बिचको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ६ विकेटले हराएपछि यो सम्भावना देखिएको हो। मंगलबार राति चेन्नईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी रहँदा चार विकेटको क्षतिमा पुरा गरेको हो ।

- Advertisement -
Ad imageAd image

राजस्थानका लागि वैभव सूर्यवंशीले सर्वाधिक ५७ रन प्रहार गरे । ३३ बलको सामना गरेका उनले समान चारचार चौका र छक्का प्रहार गरे । यसस्वी जयसवालले विस्फोटक सुरुवात गर्दै १९ बलमा ३६ रन जोडे । उनको पारीमा पाँच चौका र दुई छक्का समावेश थियो । कप्तान सञ्जु सामसनले ४१ रन प्रहार गरेको खेलमा राजस्थानका ध्रुव जुरेलले अविजित रहँदै १२ बलमा ३१ रन प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ८ विकेटको क्षतिमा १८७ रन जोडेको थियो। चेन्नईका आयुस माथ्रेले सर्वाधिक ४३ रन प्रहार गरे । २० बलको उनको पारीमा आठ चौका र एक छक्का समावेश थियो । डेवाल्ड ब्रेभिसले ४२ रनको योगदान गरे । राजस्थानका आकास मद्यवालले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए । युधिर सिंहले चार ओभरमा ४७ रन खर्चेर तीन विकेट हात पारे । मद्यवाल खेलको म्यान अफ द म्याच घोषित भए ।

अङ्क तालिकामा चेन्नई ६ अङ्कसहित पुछारमा छ । राजस्थान आठ अङ्कसहित नवौँ स्थानमा छ । चेन्नईको एक खेल बाँकी छ भने राजस्थानको खेल सकिएको छ । आईपीएलमा आज प्लेअफ दौडमा रहेका मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स आमनेसामने हुँदै छन् । आजको खेलमा जित निकाल्ने टोलीले प्लेअफमा स्थान सुरक्षित गर्ने हुनाले आजको खेल दुवै टिमका लागि महत्वपूर्ण छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्