झिनो अंकले घट्यो नेप्से: कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो दिन आईतबार सेयर बजारको परिसूचक नेप्से २.७९ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ । आजसहित लगातार छैटौं दिन सेयर बजार घटेको हो ।

बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५० करोडको भयो । १०० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

- Advertisement -
Ad image

आज अन्य समूह सबैभन्दा धेरै ४.१९ प्रतिशत बढेको छ । यो समूहमा रहेका दुई कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरमा बढ्दा समग्र समूह बढेको हो । अन्य समूहका ६ कम्पनीमध्ये ४ को मूल्य बढ्यो भने दुईको मात्रै घट्यो ।

आज १०० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्