बालेनको व्यंग्यः सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गरायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको भन्दै व्यंग्य गरेका छन्।

बिहीबार र शुक्रबार दुई दिन लगातार झ्यापझ्याप बिजुली जाने समस्या भएपछि सामाजिक संजाल फेसबूकमार्फत सरकार र जनता दुवैतिर कटाक्ष गरेका छन्।

- Advertisement -
Ad image

‘देशनै डुबाउँदा पनि जनाताले नबुझे पछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ’ उनले लेखेका छन्, ‘हेप्ने सरकारलाई?’

हिजोदेखि देशैभर झ्यापझ्याप बिजुली जान थालेपछि सामाजिक सञ्जालमार्फत सरकार र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको चर्को आलोचना भइरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्