दोहोरो अंकले घट्यो सेयर बजार: १० अर्बको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ बैशाख २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको छ । आज नेप्से १२.५३ अंककले घटेर २६४९.११ विन्दुमा पुगेको छ । आज नेप्से ०.४७ प्रतिशतले घट्दा १० अर्ब २० करोड २७ लाख रुपैयाँ बराबरको २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर कारोबार भएको छ ।

आज ८२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थीर छैन । आज ३०० वटा कम्पनी कारोबारमा आउदा ८८ हजार ९५५ पटक शेयर किनबेच भएको छ ।

- Advertisement -
Ad image

आज १३ वटा समूह मध्ये ४ वटा समूह बढेको छ भने बाँकी ९ वटा समूह घटेको छ । आज विकास बैंक, होटल तथा पर्यटन, जिवन बीमा र ट्रेडिङ समूह बढेको छ । अन्य सबै समूह घटेको छ । आज सबैभनदा बढी होटल तथा पर्यटन ६.२४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जिवन बीमा ०.११ प्रतिशतले बढेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्