देउवासँग प्रधानमन्त्रीको छलफलपछि बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०८२, बिहीबार
0 Min Read
Aa

काठमाडौं – मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

- Advertisement -
Ad image

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला ओली र देउवाबीच छलफल भएको हो। छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्