साताको अन्तिम कारोबार दिन पनि नेप्सेमा उत्साह कायमै: कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ बैशाख २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २९ अंकले उकालो लागेको छ । आज परिसूचक २७२५ को विन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको २ करोड ३७ करोड ७३ लाख ७३१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ ।

आज कारोबार आएकामध्ये १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । आज हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

- Advertisement -
Ad image

आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो भने बोटलर्स नेपाल बालाजुको मूल्य ४.४ प्रतिशत घट्यो ।

बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य ०.३७ प्रतिशत बढे ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । एचआईडीसीएलको ६.८२, सुपरमादी हाइड्रोपावरको ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत मूल्य बढ्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्