नँया वर्षको पहिलो कारोबार दिनमा नेप्से परिसूचकमा २७ अंकको वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अंकले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ । नेप्से १.०१ प्रतिशतले बढ्दा करोबार रकम पनि बढेको छ । मंगलबार दिनभरमा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार २२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

- Advertisement -
Ad image

मंगलबार ३२० कम्पनी कारोबारमा आउँदा ६९ हजार ३६४ पकट शेयर किनबेच भएको छ । १३ वटा समूह मध्ये ११ वटा समूह बढेको छ भने दुई समूह घटेको छ । मंगलबार म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले र ट्रेडिङ समूह ०.६४ प्रतिशतले घटेको छ ।सबैभन्दा बढी लगानी समूह २.७१ अंकले बढेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.४८ प्रतिशतले बढेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्