काठमाडौँ – जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको बीचमा दोस्रो भूकम्प भएको छ। अघिल्लो भूकम्पभन्दा दोस्रो भूकम्प बढी शक्तिशाली छ।
जाजरकोटको रोकाया गाउँ केन्द्रविन्दु भएर शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा पहिलो भूकम्प गएको थियो। उक्त भूकम्प ५.२ म्याग्निच्युडको थियो।
दोस्रो भूकम्प ८ बजेर १० मिनेटमा गएको छ। दोस्रो भूकम्प ५ दशमलव ५ म्याग्निच्युडको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले कर्णालीका सुर्खेत, दैलेख, कालिकोट लगायतका छिमेकी जिल्ला र सुदूरपश्चिममा समेत धक्का महसुस भएको थियो।


प्रतिक्रिया दिनुहोस्