काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा पुगेर देशमा कोही पनि केही गर्नलाई पनि डराउनु नपर्ने बताएका छन् ।
गोरखामा गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले अहिले देशमा शान्ति चाहिएको समेत बताए ।
उनले भने- ‘अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने कामना छ ।’
आफ्ना पुर्खाको थलो गोरखा आएर आफूलाई खुसी लागेको उनको भनाइ थियो । उनले भने,’गोरखा आएर मलाई खुशी लाग्यो । पूर्खाको थलो हो ।’


प्रतिक्रिया दिनुहोस्