माओवादी अध्यक्ष प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका बम रिहा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बमलाई रिहा गरिएको छ ।

आईतबार चितवनबाट पक्राउ परेका उनलाई आईतबारै रिहा गरिएको छ । बमलाई चितवनबाट पक्राउ गरेर मकवानपुर लगिएकोमा रिहा गरिएको छ ।

- Advertisement -
Ad image

आईतबार साँझ जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २ पक्षबीच छलफलपछि बमलाई रिहा गरिएको छ । उनी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव रहेका छन् ।

रिहा भएका बमलाई राप्रपा कार्यकर्ताहरूले अविर लगाउँदै स्वागत गरेका छन् । यसअघि प्रचण्डले फोटो जलाउँदैमा पक्राउ गर्नु अनुचित भएको टिप्पणी गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्