दोहोरो अंकले घट्यो सेयर बजार: कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन नेप्से २१.६३ अंकले घटेर परिसुचक २७१४ बिन्दुमा पुगेर रोकिएको छ ।

आज १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६३ करोडको आर्थिक कारोबार भयो । कारोबारमा आएका ३१ कम्पनीको सेयर बढ्यो भने २०७ कम्पनीको सेयर घट्दा ६ कम्पनीको सेयर स्थिर रह्यो । कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स, घलेम्दी हाइड्रो, महालक्ष्मी वीकास बैंक अगाडि रहे ।

- Advertisement -
Ad imageAd image

यसदिन व्यापारसेक्टर बाहेक सबै सुचक राताम्मे भएका छन् । व्यापार ४.९२ प्रतिशतले बढ्दा बैंकिङ ०.८०, विकास बैंक २.२५, फाइनान्स १.३९, होटल तथा पर्यटन ०.५३, हाइड्रोपावर १.२९, लगानी १.७२, जीवन बीमा १.०६, उत्पादन ०.०१, माइक्रोफाइनान्स ०.८८, निर्जीवन बीमा ०.७२, अन्य १.५२ प्रतिशत घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्