काठमाडौँ – आईतबार समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड विमानमार्फत काठमाडौँ आएका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँमा भव्य स्वागत गरिएको छ।

आईतबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका पूर्वराजालाई विमानस्थलको गेटदेखि नै राजाका समर्थक र विभिन्न समर्थकहरूको र्यालीले भव्य स्वागत गरेको हो।

पूर्वराजालाई स्वागत गर्न दिउँसैदेखि राजावादी विभिन्न स्थानमा भेला भएर र्यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए। र्यालीका क्रममा गाडीमा उभिएर पूर्वराजा शाहले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गर्नुका साथै हात हल्लाएर खुसी व्यक्त गरेका थिए।
उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले योजनावद्ध रूपमा तयारी गरेको थियो। सयौं समर्थक विमानस्थल बाहिर भेला भएर पूर्वराजाको स्वागत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्