नेपाल बन्धु समाजको वार्षिक साधारणसभा सम्पन्न: संस्थाको वैधानिकताको प्रक्रिया अगाडि बढाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – विकासको दृष्टिकोणबाट पूर्वको कर्णाली भनेर चिनिने पूर्वी पहाडी जिल्ला ओखलढुंगाको पश्चिमी क्षेत्र खिजिदेम्बा २ स्थित रगनी मूलथलो रहेर अहिले संघीय राजधानी काठमाडौं सहित देशका विभिन्न स्थानमा अस्थायी र स्थायी बसोबास गर्नुका साथै खिजिदेम्बा २ रगनीमै बसोबास गरिरहेका नेपाल बन्धु समाजको वार्षिक साधारणसभाका साथै वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

- Advertisement -
Ad imageAd image

संस्थाका वर्तमान अध्यक्ष शालिकराम नेपालको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले संस्थालाई अझै सबल र सर्वस्विकार्य बनाउन ओखलढुंगाको खिजिदेम्बा २ स्थित रगनी मुलथलो भएका नेपाल बन्धुहरूलाई संगठित गर्नका लागी कार्यदलको गठन गर्ने सहित यो संस्थालाई नेपाल गुठी ऐन अन्तर्गत वैधानिक प्रक्रियामा अगाडि बढाउने सहितका महत्त्वपूर्ण निर्णय गरेको छ ।

No description available.

काठमाडौंंको थानकोटस्थित त्रिभुवन पार्कमा सम्पन्न साधारणसभामा संस्थाका बहुमत सदस्य सहितका पदाधिकारी, सदस्य, संरक्षक लगायत साधारण सदस्यको उल्लेख्य उपस्थिति रहेको थियो ।

No description available.

आफ्नो जन्मथलो छोडेर संघीय राजधानी काठमाडौं सहित देशका अन्य स्थानमा बसोबास गर्दै आएका आफ्ना दाजुभाइलाई कुनै समस्या पर्दा सहयोग गर्ने उदेश्यले २०७६ मा स्थापना भएको नेपाल बन्धु समाजले आफ्नो समुदायको हित, समान उदेश्य पूरा गर्न सामुहिक प्रयत्न गर्दै आएको छ ।

No description available.

शनिबार सम्पन्न वार्षिक साधारणसभाले संस्था दर्ता, कुल पूजा स्थलको स्तोरोन्नती तथा अन्य सदस्य समेट्ने सन्दर्भमा वर्तमान सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको संस्थाका सचीव ॠषभ नेपालले गोरक्षपोस्टलाई जानकारी दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्