विविध कार्यक्रमका साथ बांग्ला समाजको पहिलो स्थापना दिवस मनाइयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाली राष्ट्रिय बांग्ला समाजको प्रथम स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । वि. सं. २०८० फागुन २३ का दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई वैधानिकता प्राप्त गरेको अवसरमा प्रथम स्थापना दिवस मनाइएको हो ।

- Advertisement -
Ad imageAd image

प्रथम स्थापना दिवसको अवसरमा नेपाली राष्ट्रिय बांग्ला समाज पर्सा बिरगंज शाखा कमिटीका अध्यक्ष संदिप बनर्जीको अध्यक्षता तथा स्वामी सन्तोष आनन्द महाराज प्रमुख अतिथि एवं नेपाल राष्ट्रिय बांग्ला समाजको केन्द्रिय अध्यक्ष पार्थो सरकार, केन्द्रिय उपाध्यक्ष किरण कुमारी सरकारको विशेष उपस्थितिमा प्रथम स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसको अवसरमा बिरगंजको दुर्गा मन्दिर सरसफाई, अन्तरक्रिया एवं शुभकामना आदनप्रदान गरि मनाइएको थियो । उक्त कार्यक्रममा केन्द्रिय सदस्य रुद्र हल्दार, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व उपप्राध्यापक शोभा बनर्जी, मिहिर अधिकारी, सञ्जय दास, तिताष हल्दार लगायतको उपस्थिती रहेको थियो ।

बांग्ला समाज पर्साका जिल्ला सचीव दिलिप कुर्मीले सञ्चालन गरेको प्रथम स्थापना दिवसको भेलाबाट भाषा सम्मेलन गर्ने सर्वसम्मत निर्णय भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्