काठमाडौं – म्याग्दी र बागलुङमा भूकम्प गएको छ । म्याग्दीमा आज बिहान सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको मुरी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।


प्रतिक्रिया दिनुहोस्