अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा: आज दक्षिण अफ्रिका र न्युजील्याण्ड भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ फाल्गुन २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं – अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको फ़ाइनलमा पुगेको पुगेको छ। मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियामाथि ४ विकेटको जित हात पार्दै भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको हो।

अस्ट्रेलियाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। भारतको जितमा विराट कोहलीले उत्कृष्ट प्रर्दशन गरे। खेलको प्लेयर अफ दि म्याच समेत बनेका कोहलीले सर्वाधिक ४ रनको योगदान दिए। उनले ९ बलमा ५ चौका सहयोगमा ८४ रन बनाउँदा आडम जम्पाको बलमा क्याच आउट हुन पुगे।

- Advertisement -
Ad image

केएल राहुल ४२ रनमा अविजित रहे। कप्तान तथा अ‍ोपनर रोहित शर्मा र हार्दिक पाण्ड्याले समान २८ रन थपे। अक्षर पटेल २७ रन बनाउँदा बोल्ड आउट भए। युएईको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलिया ३ बल अगावै २ सय ६४ बनाउँदा आलआउट भयो।

कप्तान स्टेभन स्मिथले बनाएको ७३ रन नै अष्ट्रेलियाका लागि सर्वाधिक रह्यो। एलेक्स केरीले ६१ रन थपे। ट्राभिस हेडले ३९ रन बनाए। भारतका लागि मोहम्मद सामीले ३ विकेट लिए। वरुण चक्रवती र रविन्द्र जडेजाले समान २ विकेट लिए। हार्दिक पाण्ड्या र अक्षर पटेलको नाममा समान एक विकेट रह्यो।

भारतले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग युएईमा नै खेल्नेछ। दोस्रो सेमिफाइनलमा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्नेछन्। सो खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने ३ बजे सुरु हुनेछ।

फाइनल खेल आईतबार दुवैमा हुनेछ। च्याम्पियन्स ट्रफीका लागि भारत पाकिस्तान जना अस्विकार गरेपछि भारतले खेल्ने सबै खेल युएईमा हुने यसअघि नै निर्णय भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्