सिन्धुपाल्चोक भूकम्प अपडेट: एक कैदीको हात भाँचियो, भोटेकोशीमा पहिरो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ फाल्गुन २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ । आज बिहान ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । ‘

- Advertisement -
Ad image

यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । अरु विवरण आउन बाँकी छ । मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न प्रहरीले निर्देशन दिएको छ । शुक्रबार विहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्