पूर्व राजा ज्ञानेन्द्रले वक्तव्यलाई राप्रपाको समर्थन: एकजुट भएर आन्दोलनमा होमिन आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ फाल्गुन २०८१, बुधबार
3 Min Read
Aa
Former King Gyanendra Shah speaking at a press conference before leaving the Narayanhiti Palace, 14 days after the nation was declared Republic, on June 11, 2008. Photo: THT/ File

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व राजा ज्ञानेन्द्र शाहले ७५औं प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको वक्तव्यलाई सिंगो पार्टीको तर्फबाट स्वागत गरेको छ । राप्रपा आन्दोलन परिचालन समितिका संयोजक तथा पार्टी महामन्त्री डा. धवल शमशेर जवराले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रको वक्तव्यलाई समर्थन गर्दै आन्दोलनमा होमिन नागरिकलाई आह्वान गरेका छन् ।

‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्रबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धी र उन्नतिका लागि सबै नेपालीलाई साथ दिन आह्वान भएको छ । देशको वर्तमान स्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ चिन्तन र सक्रियताका लागि राजा ज्ञानेन्द्रबाट आएको सकारात्मक अभिव्यक्तिको म स्वागत गर्दछु । यही परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्दछु’ राणाले जारी गरेको वक्तव्यमा भनिएको छ ।

- Advertisement -
Ad image

७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई लिएर राजनीतिमा तरंग उत्पन्न भएको छ । मंगलबार पूर्व राजा ज्ञानेन्द्रले एक विज्ञप्ति जारी गर्दै देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

‘नेपालीको पसिना आफ्नो माटोमा होईन, अन्तै पोखिरहेको छ । जन्मदैं नेपालीको शीरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धरासायी बन्दैछन् । हुँदाहुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन् । नेपालका पद्धति, नीति र गतिविधि ठीक छैन्, यहाँ बसेर केही हुँदैन । श्रम, सीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यसप्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन्’ पूर्व राजाले भनेका थिए ।

पूर्व राजा शाहले देशलाई राम्रो होस भनेर आफूहरुले सबै कुरा त्याग गरेको र फेरि पनि आवश्यक परेमा त्याग गर्न तयार रहेको बताएका छन् । उनले आफूहरुले गरेको त्यागलाई असामान्य नठान्न पनि आग्रह गरेका छन् ।

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ। राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिलेपनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के को त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउन हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिको निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं’ उनले भनेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्