काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अंकले बढेर २६९८ विन्दुमा पुगेको छ ।
सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४७ करोडको भयो ।
१७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ४ को स्थिर रह्यो । आज दिनभरमा ३०९ वटा कम्पनी कारोबारमा आउँदा ९६ हजार २८२ पटक शेयर किनबेच भएको छ ।
आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फाण्ड ०.११ प्रतिशतले र निर्जीवन बीमा १.२८ प्रतिशतले घटेको छ ।
आज बसैभन्दा बढी फाइनान्स समूह ४.९४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.०८ प्रतिशतले बढेको छ ।
त्यस्तै वाणिज्य बैंक समूह ०.९८ प्रतिशतले, होटल तथा पर्यटन १.९५ प्रतिशतले, हाइड्रोपावर ०.३६ प्रतिशतले, लगानी १.१७ प्रतिशतले, जीवन बीमा ०.३९ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२० प्रतिशतले, लघुवित्त १.८६ प्रतिशतले, अन्य समूह ०.३८ प्रतिशतले र ट्रेडिङ समूह ०.२५ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्