झिनो अंकले बढ्यो नेप्से: कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० माघ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – माघ महिनाको अन्तिम शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से १.८६ अंकले बढेको छ । नेप्से ०.०६ प्रतिशतले बढेर २६८५.७३ विन्दुमा पुगेको हो।

परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोडको भयो ।

- Advertisement -
Ad image

१३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यस्तै ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ८५० पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने ९ वटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ०.९१ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको छ ।
सबैभन्दा बढी फाइनास समूह १.५६ प्रतिशते बढेको छ भने निर्जीवन बीमा ०.४८ प्रतिशतले बढको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्