साताको पहिलो कारोबार दिनमै दोहोरो अंकले घट्यो नेप्से: कारोबार रकममा पनि गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अंकले घटेको छ । आज नेप्से ०.४२ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेको छ ।

बजार झर्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडमा खुम्चियो ।
आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

- Advertisement -
Ad image

आज दिनभरमा ३०५ वटा कम्पनी कारोबारमा आउँदा ८४ हजार २८० पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने १० समूह घटेको छ ।

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.३९ प्रतिशत बढेको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले बढेको छ । आज बसैभन्दा बढी विकास बैंक समूह १.३५ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.२४ प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्