प्रतिनिधिसभा बैठक बस्दै: अध्यादेशको प्रस्ताव आज पनि कार्यसूचीमा परेन !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको एकसट्ठियौं बार्षिक प्रतिबेदन, २०८१ पेश गर्ने तय भएको छ।

- Advertisement -
Ad image

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा बित्तिय उत्तरदायित्व (पहिलो संसोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेश गर्नेछन्।

नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथी प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाई निर्णायार्थ पेश गरिने भएको छ।

आजको बैठकमा गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१’, नेपाल प्रहरी विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रस्ताव गर्ने,  सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।

उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा समाज (दोस्रो संसोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा प्रस्ताव गर्दैछन्।

विधायन विधेयक, २०८० सबन्धमा ‘कानुन, न्याय तथा मानवअधिकारी समितिको प्रतिबेदनको बिभिन्न बुँदाहरू र बिधेयकका दफाहरूलाई निर्णायार्थ पेश प्रस्तुत गरिनेछ भने भने कानुन मन्त्री अजयकुमार चौरासियाले ‘विधान विधेयक, २०८१ लाइ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जनाएका छन्।

तर, सरकारले आजको बैठकमा पनि अध्यादेशलाई कार्यसूचीमा समावेश गरेको छैन।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्