महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको स्कारपियो दुर्घटना हुँदा ५ नेपालीले ज्यान गुमाए, ४ जना घाइते !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको स्कारपियो दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ। ती सबै जनकपुरका हुन्। शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले बताएका छन्। त्यस्तै दुर्घटनामा ४ जना घाइते भएका छन्।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन्।

- Advertisement -
Ad imageAd image

बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको थियो। दुर्घटनाका बेला स्कारपियोको गति एक सय किलोमिटर प्रतिघण्टा थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्