साताको दोस्रो कारोबार दिन पनि सेयर बजारको गिरावट कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन पनि नेप्से १०.६१ अंकले घटेको छ । आज नेप्से ०.४० प्रतिशतले घटेर २६३३.३२ विन्दुमा पुगेको छ ।

आज नेप्से घट्दा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर कारोबार भएको छ । १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

- Advertisement -
Ad image

३१२ वटा कम्पनी कारोबारमा आउँदा ८७ हजार ५६४ पटक शेयर किनबेच भएको छ । यस्तै १३ वटा समूहमध्ये ५ वटा समूहको शेयर मूल्य बढेको छ भने ८ वटा समूह घटेको छ । बसैभन्दा बढी फाइनान्स समूह ३.४६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.८३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटेल तथा पर्यटन ०.५१ प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्