नेप्सेको उकालो यात्रा कायमै: कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा पुगेको छ ।

नेप्से ०.२६ प्रतिशतले बढ्दा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ७७ हजार ९८३ कित्ता शेयर कारोबार भएको छ । ११८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर भएको छ ।

- Advertisement -
Ad image

यस्तै ३११ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ४०३ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये आज ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ ।

सबैभन्दा बढी अन्य समूह २.१३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जिवन बिमा समूह ०.०४ प्रतिशतले बढेको छ । आज बसैभन्दा बढी फाइनान्स समूह २.५३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०४ प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्