दुई अंकले बढ्यो सेयर बजार: फाइनान्स समूहमा पहिरो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – बुधबार नेपालको सेयर परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो । नेप्से झिनो अंकले बढ्दा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर कारोबार भएको छ ।

आज १२४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । दिनभरमा २९९ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ३७४ पटक शेयर किनबेच भएको छ।

- Advertisement -
Ad image

यस्तै २ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये आज ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ । बसैभन्दा बढी हाइड्रोपावर समूह १.७६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.०१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी फाइनान्स समूह ३.४८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लगानी समूह ०.०७ प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्