साताको अन्तिम कारोबार दिन नेप्सेमा १८ अंकको गिरावट: कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको अन्तिम दिन सेयर बजार राताम्मे भएर रोकिएको छ । यसदिन नेप्से १८ अंकले घट्दा परिसुचक २६३५ बिन्दुमा झरेको छ । यसदिन १ करोड ५७ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोडको कारोबार भयो ।

कारोबारमा आएका १८० कम्पनीको सेयर घट्यो भने ५५ कम्पनीको बढ्यो । यस्तै कम्पनीको ७ सेयर स्थिर रह्यो । आज कारोबारका आधारमा सुपर मादी हाइड्रोले सर्वाधिक ४४ करोड, सिनर्जी पावर डेव्लपमेन्टले २८ करोड र सिन्दु विकास बैंकले २५ करोडको कारोबार गर्यो ।

- Advertisement -
Ad image

आज बाराही हाइड्रो र हिमालयन पावर पाटर्नरको सेयर १० प्रतिशतले बढ्यो भने सप्तकोशि डेव्लपमेन्टको सेयर ९ प्रतिशतले घट्यो ।

यसदिन होटल एण्ड पर्यटन (०.९९ प्रतिशत) बाहेक अन्य सबै समूहका सूचक ओरालो लागेका छन् । यसदिन बैंकिङ(०.४३) विकासबैंक(२.४) फाइनान्स(२.९३) हाइड्रोपावर (०.३५) लगानी (०.३७) इन्स्युरेन्स(१.१४) निमार्ण (०.८६) माइक्रो फाइनान्स(१.२५) म्युचल फण्ड(०.२१) निर्जीवन बीमा(०.२४) र अन्य सुचक(०.४४) प्रतिशतले घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्