आधा समय उडेपछि बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको जहाजको इञ्जिनमामा प्राविधिक समस्या आएपछि काठमाडौँतर्फ डाईभर्ट गरिएको छ। बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको जहाजलाई ११ः १५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ।

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।

- Advertisement -
Ad imageAd image

विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्