काठमाडौं – साताको अन्तिम कारोबार दिन सेयर बजार राताम्मे भएर क्लोज भएको छ । यस दिन नेप्से ३३.४२ अंकले घटेर परिसुचक २६८२ अंकमा कायम भएको छ ।
बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन अघिल्लो दिन ५ अर्ब ५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो । आज कारोबारमा आएका २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४० कम्पनीको सेयर मूल्य बढेको छ ।
कारोबारका आधारमा आज जानकी फाइनान्सको सर्वाधिक २६ करोडको कारोबार भयो ।


प्रतिक्रिया दिनुहोस्