६ कारोबार दिनको गिरावटपछि नेप्सेमा बाउन्सब्याक: ४५.८८ अंकले बढ्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – लगातार ६ कारोबार दिनको गिरावटपछि बुधबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से ४५.८८ अंकले बढेर परिसुचक २७१५ अंकमा कायम भएको छ । आज १ करोड १३ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्बको कारोबार भयो ।

कारोबारमा आएका २११ कम्पनीको सेयर मूल्य बढ्यो भने २९ कम्पनीको घट्यो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । कारोबारका आधारमा जानकी फाइनान्स, रिभर फल्स पावर, एनआरएन इन्फ्राइन्सटक्चर क्रमसः अगाडि रहे । यस दिन बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो ।

- Advertisement -
Ad image

विकास बैंक १.६३, फाइनान्स १.८३, होटल तथा टुरिजम १.०५, हाइड्रोपावर १.९६, लगानी ०.७९, जीवन बीमा १.०७, उत्पादन ०.६०, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.०३, अन्य ०.५७ र व्यापार समूह १.५६ प्रतिशत बढे ।

न्यादी हाइड्रोपावरको ९.९, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.६, नारायणी डेभलपमेन्ट बैंकको ८.८, माथिल्लो मैलुङखोला जलविद्युतको ८.५ तथा राप्ति हाइड्रोको ७.१ प्रतिशत मूल्य बढ्यो । खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्