२५ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – साताको चौथो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अंकले घटेर २७५० दशमलव ८७ को विन्दुमा पुगेको छ ।

बुधबार ३२० कम्पनीका ९६ हजार ६ सय ७७ पटकको कारोबारमा २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad imageAd image

१०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये माइक्रोफाइनान्स, हाइड्रोपावर र निर्माण कम्पनीहरू बढेको छ भने बाँकी राताम्मे छन् । आज जोशी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्