काठमाडौं – साताको पहिलो कारोबार दिन आईतवार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव ९९ अंकले घटेर २७३८ दशमलव ०६ को विन्दुमा पुगेको छ । मौद्रिक नीतिको समीक्षामार्फत कुनै पनि नयँ नीतिगत व्यवस्था गरिएको थिएन ।
कारोबार रकम केही बढेको छ । कुल ८ अर्ब ८३ करोडको कारोबार भएको छ । गत बिहीबार ८ अर्ब ५४ करोडको भएको थियो । ६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रह्यो । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । आज एक्सेल डेभलपमेन्ट बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।


प्रतिक्रिया दिनुहोस्