धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता: बोर्डले पाउला त नँया नेतृत्व ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा अन्तिम छनौटमा परेका तीनजनासँग अन्तर्वार्ता हुँदै छ । अध्यक्ष सिफारिस समितिले उनीहरूलाई आज अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाइएको हो । समितिले उनीहरूलाई बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ ।

यसअघि असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय थियो । तर, समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी परेको भन्दै अन्तर्वार्ता तथा प्रस्तुतीकरण स्थगित गरिएको थियो ।

- Advertisement -
Ad image

पहिलोपटक र दोस्रोपल्ट नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति) का अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा सहभागी भएका थिएनन् ।

उनीहरूले दुईपटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेपछि बोर्डको अध्यक्ष छनोटमा समस्या आएको थियो । यी तीनजनालाई सिफासिस समितिले सूचना निकालेर अन्तर्वार्तामा बोलाएको हो । आजको अन्तर्वार्तापछि बोर्डले नँया नेतृत्व पाउने सम्भावना छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्