रास्वपाका १९ सांसदविरूद्ध अदालतको अवहेलना मुद्दा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शन गरिरहेका रास्वपाकै १९ सांसदहरूविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता भएको छ।

अधिवक्ता अनुपम भट्टराईले दिएको रिट दर्ता प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । रास्वपा नेताहरूले हुलहुज्जत गरी अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता भट्टराईले कात्तिक १४ गते सर्वोच्चमा रिट दर्ताका लागि निवेदन दिएका थिए । त्यो रिट सर्वोच्चका सहरजिष्ट्रार अच्युत कुईकेलले दरपीठ गर्ने आदेश दिएका थिए।

- Advertisement -
Ad image

दरपीठ आदेश मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले बदर गरेपछि उनीहरूविरुद्ध अपहेलना मुद्दा दर्ता हुने भएको हो ।

अधिवक्ता भट्टराईले रिटमा रास्वपा सा‌ंसदहरू मनिष झा, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोबिता गौतम, अशोककुमार चौधरी, असिम शाह, गणेश पराजुली, चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकाललाई विपक्षी बनाएका छन् ।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने पक्राउ परेका थिए। त्यसबेलादेखि नै रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै सडक प्रदर्शन गरिराखेको छ। ती प्रदर्शनमा रास्वपाका शीर्ष तहका नेतासहित सांसदहरू उपस्थित भइरहेका छन्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्