साताको दोस्रो कारोबार दिनपनि नेप्सेमा ५८ अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ कार्तिक २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको दोस्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक नेप्से ५७ दशमलव ९९ अंकले घटेर २६३९ दशमलव ९२ को विन्दुमा पुगेको छ ।

सोमबार ३१९ कम्पनीका ७२ हजार ४ सय २५ पटकको कारोबारमा १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad imageAd image

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११ दशमलव १४ अंकले घट्दा फ्लोट इन्डेक्स ४ दशमलव ०६ अंकले घटेको छ । १३ समूह राताम्मे हुँदा जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक घटेका छन् । सोमबार हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्