यसपालि अलि ठूलै विपद् आइपर्‍यो, केही गल्ती–कमजोरी हुनसक्छ: प्रधानमन्त्री ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो प्रभावितको उद्धारमा सरकारले सक्दो काम गरेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अचानक आइपरेको विपद् भएकाले केही गल्ती–कमजोरी भएको हुनसक्ने बताए ।

- Advertisement -
Ad image

उनले भने, ‘यसप्रकारको वर्षा भएर बाढीपहिरो जाला भन्ने अनुमान थिएन । यसप्रकारको भौतिक र मानवीय क्षति होला भन्ने अनुमान थिएन । सरकारले पूर्व तयारी नगरेको होइन, यसपालि अलि ठूलै आइपर्‍यो ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्