प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्ने, संसद चल्ने नचल्ने अनिश्चितता कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। आज अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयलेव जानकरी दिएको छ।

यसैबीच प्रतिनिधि सभाको बैठक बस्ने बारे भने अझै अन्योल रहेको छ। ‘हिंसा’ शब्द बारे माओवादी केन्द्रले संसद्को बैठक अवरोध गरिरहेकाले आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो।

- Advertisement -
Ad image

गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो। संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो।

अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ।

उता सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ। माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रिपरिषद वैठकले यो निर्णय लिएको हो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्