सरकारबारे रवि लामिछानेको टिप्पणीः ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सत्ता गठबन्धनलाई ‘अनुभवी लुटेराको गठबन्धन’ को संज्ञा दिएका छन् ।

आज (शनिबार) पार्टीको कर्णाली प्रदेश भेलालाई विरेन्द्रनगरमा सम्बोधन गर्दै उनले यस्तो प्रकारको गठबन्धनबाट केही आशा गर्न नसकिने बताए । ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन,’– उनले भने ।

- Advertisement -
Ad image

सभापति लामिछानेले कर्णालीले जित्नका लागि २०८४ को निर्वाचनमा रास्वपाले जित्नुपर्ने बताए । उनले वर्तमान सरकारले आगामी तीन वर्ष बाँडिचुँडी खानेबाहेक केही गर्न नसक्ने दाबी गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्