नेप्से सूचक २९ सय नाघ्दा इतिहासकै सर्वाधिक कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – निकै लामो समयपछि सेयर बजार परिसूचक नेप्से २९ सय अंक नाघेको छ । सोमबार नेप्से परिसूचांक ७०. ८१ अंकले वृद्धि हुँदै नेप्से २९ सय ८१ विन्दूमा पुगेको हो । यो गत ३० महिना यताकै हालसम्मको सर्वाधिक अंक हो ।

यस्तै आज इतिहासमै सर्वाधिक कारोबार भएको छ । आज एकैदिन २७ अर्ब २४ करोड २० लाखभन्दा धेरैको कारोबार भएको छ । कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

अधिकांश क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेका छन् । लगानी ०.१९ र उत्पादन समूहको सूचक भने १. १९ प्रतिशत घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्