ओलीले दिए भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ श्रावण २०८१, आईतवार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।

- Advertisement -
Ad image

प्रधानमन्त्री ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्