५ दशमलव २९ अंकले घट्यो नेप्से परिसूचक, कारोबार भने २१ अर्ब बढी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोकारका अन्तिम दिन शेयर बजार घटेको छ । आज (बिहीबार) शेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ । हिजो (बुधबार) ६४ अङ्कले बढेको शेयर मार्केट आजमा आज सामन्य करेक्सन आएको हो ।

आज सामान्य करेक्सन आएपनि कारोबार रकम भने हिजोकै हाराहारीमा रहेको छ । आज २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ ।

- Advertisement -
Ad image

हिजो ६४ अंकले बढ्दा २१ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो । आज ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता शेयर कारोबार भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्