३५ दशमलव ५५ अंकले बढ्यो नेप्से परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । जसअनुसार आज नेप्से परिसूचक ३५ दशमलव ५५ अंकले बढेर २६९६ दशमलव ६५ को विन्दुमा पुगेको छ ।

मंगलबार ३२९ कम्पनीको २ लाख ६ हजार ६ सय ४३ पटकको कारोबारमा ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad image

त्यस्तै, आज १३ उपसमूहमध्ये ४ वटा घटेको छ भने ९ वटा बढेको छ । सर्वाधिक बढ्नेमा होटेल र पर्यटन रहेको छ। मंगलबार चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्