अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार, कस्तो छ ट्रम्पको अवस्था ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ असार २०८१, आईतवार
1 Min Read
Aa
Republican presidential candidate former President Donald Trump is surround by U.S. Secret Service agents at a campaign rally, Saturday, July 13, 2024, in Butler, Pa. (AP Photo/Evan Vucci)

एजेन्सी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेर ट्रम्प घाइते भएका छन्।

सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा खसेका थिए। पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो। गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। उनको अनुहारमा अनुहारमा रगत देखिएको थियो।

- Advertisement -
Ad image

अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्‍यालीमा गोली प्रहार भएको हो। गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ। अर्का एक दर्शकको अवस्था गम्भीर छ।

अधिकारीहरूले ट्रम्प सुरक्षित रहेको जनाएका छन्। एक प्रवक्ताले भने, ‘ट्रम्प जघन्य कार्यपछि राम्रो छन्।’ कानून प्रवर्तन अधिकारीहरुका अनुसार गोलीबारीलाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको छ।

राष्ट्रपति जो बाइडनले ट्रम्पको हत्या प्रयासको निन्दा गर्दै उनी सुरक्षित रहेको बताएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्