काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका- २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको आशंका गरिएको छ।
पहिरोले बगाएका दुईवटै बस नारायणी नदीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अविरलसँगै ठूलो पहिरो खस्दा चितवनबाट काठमाडौँ आउँदै गरेको वीरगञ्जबाट काठमाडौंतर्फ आईरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नारायणीमा बेपत्ता भएका हुन्।
दुवै बसमा गरेर ५० जनाभन्दा धेरै सवार रहेको र ती सबै यात्रु नारायणीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनको आशंका छ। घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन बाटबाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर परिचालन भएका छन्।
पहिरो खसेपछि मुग्लिन- नारायणगढ सडक पनि अबरुद्ध छ।


प्रतिक्रिया दिनुहोस्