संसदीय छानबिन समितिले गर्‍यो गृहमन्त्री लामिछाने जोडिएका सहकारीको कागजात झिकाउने निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारीहरूको कागजात झिकाउने निर्णय गरेको छ ।

बुधबार बसेको समिति बैठकले समितिको कार्यादेशअनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीहरूको कागजात मगाउने निर्णय गरेको संयोजक एमाले सांसद सूर्यबहादुर थापाले जानकारी दिए ।

- Advertisement -
Ad image

अनुसूची २ मा आईडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि, सहारा बचत था ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको नाम उल्लेख गरिएको छ ।

थापाले सहकारीको कागजात आएपछि यसबारे थप प्रक्रिया अघि बढ्ने जानकारी दिए । ‘हामीले कागजात झिकाउने निर्णय गरेका छौँ । सबै कागजात आएपछि यसबारे थप प्रक्रिया अघि बढाउँछौँ,’ संयोजक थापाले भने ।

समितिले सहकारीसम्बन्धी यसअघि गठन गरिएका समितिका प्रतिवेदन अध्ययन गर्ने र लामिछाने छोडिएका सहकारीको अनुसन्धान गर्ने काम समानान्तर रूपमा गरिरहेको छ । बुधबार समितिले सहकारी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष केशव बडाललगायतसँग पनि छलफल गरेको छ ।

राजनीतिमा आउनुअघि गृहमन्त्री रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्