प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सत्ता समीकरण दलका तीन शिर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सत्ता समीकरणमा देखिएको असमझदारी मेटाउने विषयमा छलफल हुँदैछ।

- Advertisement -
Ad image

पछिल्लो समयमा बजेटका विषयमा सत्ता समीकरण दल खासगरी एमाले र रास्वपाका नेताहरुले सार्वजनिक रुपमै आलोचना गरिरहेका छन्।

उनीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो किसिमले बजेट विनियोजन गरेको आरोप लगाएपछि सत्ता समीकरणकै भविष्यमा प्रश्न उठ्न थालेको बेला यस भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्