सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ४ हजार ४ सय ४० दशमलव ८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०३ रुपैयाँमा उक्त शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढीमा आगामी ३५ दिनभित्र आवेदन दिन सकिने बताइएको छ ।

- Advertisement -
Ad imageAd image

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिए सर्वसाधरणका लागि विक्रीका लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्