बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन् ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो ।

- Advertisement -
Ad imageAd image

श्रीमतीलाई सम्बन्ध विच्छेदपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो । उनलाई सजाय भने जिल्ला अदालतले पछि निर्धारण गर्ने छ ।

पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अंगसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको, पीडित र प्रतिवादीबिच यसभन्दा पहिले पनि वैवाहिक जबरजस्ती करणी र सम्बन्ध विच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको भन्दै सर्वोच्चले थुनामा पठाएको थियो । सोही आधारमा टेक्दै जिल्ला अदालतले दोषी ठहर गर्ने फैसला सुनाएको हो ।

सम्बन्ध विच्छेद र वैवाहिक जबरजस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने जस्ता गतिविधि हुने गरेको पीडितको बयानपछि जिल्लाले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्