बाँसबारी जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको जग्गा सरकारको नाममा ल्याइएको छ।

शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविराम नेपालीले अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको जानकारी दिए।

- Advertisement -
Ad imageAd image

उनले चाँदबाग रेसिडेन्सको नाममा रहेको जग्गा अनुसन्धानपछि सरकारकै रहेको ठहर गर्दै निर्णय प्रक्रियाबाट मालपोत ऐनको व्यवस्था अनुसार सरकारको नाममा ल्याइएको बताए। २०२१ को फिल्डबुकका आधारमा समेत उक्त जग्गा बाँसबारी जुत्ता कम्पनीको नाममा रहेको देखिएको उनाले जानकारी दिए।

पत्रकार सम्मेलनमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्ति वा संस्थाका नाममा रहेका सरकारी जग्गाहरु क्रमश राज्यको मातहतमा ल्याइने बताए। उनले जनता र राज्यका पक्षमा काम गर्दा दवाव आउन सक्ने भन्दै कर्मचारीहरुर्लाइ निर्धक्क भएर काम गर्न निर्देशन दिए।

बाँसबारी जुत्ता कम्पनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गरिरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्