गृहमन्त्री लामिछानेकै अग्रसरतामा सरकार र आन्दोलनरत् मिटरब्याज पीडितबीच चार बुँदे सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेकै अग्रसरतामा सरकार र आन्दोलनरत् मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको छ । योसँगै मिटरब्याज पीडितले ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित हुने भएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितलाई आइतबार सिंहदरबारमा बोलाएर आफैंले उनीहरुको कुरा सुनेका थिए । त्यसपछि पीडितसँग सहमति गर्न सरकार हदैसम्म लचक बन्न तयार रहेको बताएका थिए ।

- Advertisement -
Ad image

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्